प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ, १४ फाुगन
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा भोली फागुन १५ गते धादिङका उम्मेदवारसँग भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम हुने भएको छ । । विश्वभर छरिएर रहेका धादिङवासीहरूको चासो र सरोकारलाई मध्यनजर गर्दै समाजले जिल्लाका उम्मेदवारहरूसँग सिधा संवाद गर्न लागीएको अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । प्रवासमा बसेर जिल्लाको विकासमा चासो राख्दै आपसी सहकार्य र समन्वय बढाउने उदेश्य सहित कार्यक्रम सन्चालन गर्न लागिएको खकुरालले जानकारी दिनुभयो ।
प्रवासीहरूको संगठित अभियान, समृद्ध धादिङ हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ स्थापना गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न सामाजिक कार्य सन्चालन गर्दै आईरहेको छ । विशेष भर्चुअल साक्षात्कार कार्यक्रममा धादिङबाट प्रतिनिधि सभामा उम्मेद्वारी दिनुभएका नेताहरुको सहभागिता रहनेछ । नेताहरुलाई आफ्नो चुनावी एजेन्डा सहित जिल्लाको विकासको लागि आफ्नो मार्गििचत्र प्रस्तुत गर्नुहुनेछ ।
आफ्नै जिल्ला, आफ्नै जिम्मेवारी’ भन्ने भावनालाई आत्मसाथ गर्दै धादिङको दिगो विकासका एजेन्डाहरूमा उम्मेदवारहरूको स्पष्ट धारणा बुझ्न,प्रवासी धादिङवासीहरूको भूमिका र उनीहरूले पु¥याउन सक्ने योगदानबारे छलफल गर्न र पारदर्शी, जवाफदेही र समन्वयात्मक सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रम फागुन १५ गते साँझ ७ बजेबाट सुरु हुनेछ । कार्यक्रमको अन्तराष्ट्रिय धादिङ समाजको फेसबुक पेजबाट प्रतक्ष्य प्रसारण समेत हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |