निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रेस सेन्टर नेपाल धादिङले धादिङबेसीमा निर्वाचन केन्द्रित मिडिया डेक्स सञ्चालनमा ल्याएको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निर्देशनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा मिडिया डेक्स स्थापना गर्ने अभियानअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा उक्त डेक्स स्थापना गरिएको हो ।

‘CPN मिडिया सेन्टर’ नाम दिइएको मिडिया डेक्सको बुधबार एक विशेष कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा धादिङ क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, समानुपातिक उम्मेदवार इन्दिरा ढुंगाना लगायत पार्टीका नेता तथा प्रेस सेन्टर नेपालका नेता तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
मिडिया डेक्समार्फत निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका नेकपाका उम्मेदवारहरूको एजेन्डा, गतिविधि र कार्यक्रमलाई प्रभावकारी रूपमा प्रचार–प्रसार गरिने जनाइएको छ । साथै स्थानीय नागरिकका समस्या, गुनासा तथा सुझाव संकलन गरी सम्बन्धित उम्मेदवार र पार्टी नेतृत्वसम्म पु¥याउने काम पनि मिडिया डेक्समार्फत गरिने प्रेस सेन्टर धादिङले जनाएको छ ।
प्रेस सेन्टर धादिङका अनुसार छिट्टै धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि मिडिया डेक्स स्थापना गरिनेछ । निर्वाचन अवधिभर सूचना प्रवाह, जनसम्पर्क र जनताको आवाज उजागर गर्ने प्रमुख केन्द्रका रूपमा मिडिया डेक्सलाई प्रयोग गरिने जनाइएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |