नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, पुस १८ गते ।
जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रूपमा क्रिस्टल क्वाट्र्ज (Crystal Quartz) जस्तो देखिने पदार्थ ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय सन्चा तामाङ र वडा नं. ५ बस्ने ६६ वर्षीय मेम्बा तामाङ रहेका छन्।
प्रहरीले १.७ किलो ७४ ग्राम बरामद सामग्रीसहित दुबै जनालाई आवश्यक कारबाहीका लागि खानि तथा भू–भाग विभाग, लैनचौर काठमाडौं पठाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले क्रिस्टल क्वाट्र्जजस्ता पदार्थको अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा गर्ने जनाएको छ।
त्यसैगरी , धादिङको धुनिबेसी नगरपालिकामा अवैध लागू औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन राजपथ अन्तर्गत धुनिबेसी–७, भटेमोडमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा मकवानपुरका ३२ वर्षीय गुण प्रसाद अधिकारी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, पौष १६ गते बेलुका ५ः४० बजे वीरगञ्जबाट टायलघरतर्फ आउँदै गरेको ट्रकलाई रोकी जाँच गर्ने क्रममा चालक अधिकारीलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। उनी लागू औषध सेवन गरी सवारी चलाइरहेको शंका लागेपछि प्रहरीले उनको व्यक्तिगत तलासी लिएको थियो।
तलासीका क्रममा अधिकारीले आफ्नो पाइन्टको दाहिनेतर्फको पछाडिको गोजीमा रहेको पर्सभित्र लुकाएर राखेको २८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ परेका अधिकारीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ। धादिङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिनुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |