Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

२६६ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १३, आईतबार (१ महिना अघि)
बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

धादिङबेशी, १३ पौष । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले शासन सत्तामा गलत मान्छेहरूको पहुँच पुग्दा समाज र व्यवस्थाले चुनौती भोग्नुपरेको बताउनुभएको छ । आइतबार धादिङको गल्छी गाउँपालिकामा आयोजित ‘सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सुशासनका लागि सही पात्रको पहिचान र बिचौलियाहरूको अन्त्य अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

प्रदेश सूचना पुनरावेदन समितिद्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री अधिकारीले सूचनाको हकलाई मानिसको नैसर्गिक अधिकारको रूपमा व्याख्या गर्नुभयो ।

“सूचनाको हक जन्मसिद्ध अधिकार हो” : मन्त्री अधिकारीले सूचनाको हक लोकतन्त्रको प्राणवायु भएको बताउँदै भन्नुभयो, “बच्चा जन्मिएपछि रुनु भनेकै उसले आफ्नो हक खोजेको संकेत हो । सूचनाको हक पनि त्यस्तै प्राकृतिक अधिकार हो । अझै पनि संसारका ६५ प्रतिशत देशहरूमा लोकतन्त्र र सूचनाको हक छैन, तर हामीले यसलाई नागरिकको घरदैलोसम्म पुर्याउनु पर्छ ।”

बिचौलिया र भ्रष्टलाई शून्य सहनशीलता : आफ्नो मन्त्रालयमा असल र इमानदार मान्छेहरूलाई मात्र नजिक राख्ने नीति लिएको स्पष्ट पार्दै मन्त्री अधिकारीले भन्नुभयो, “भ्रष्टाचार गर्ने, अनावश्यक काममा अल्झाउने र बिचौलियाको काम गर्नेहरूलाई हामीले पन्छाउनुपर्छ । यदि शासन गर्ने साँचो (Die) राम्रो भयो भने मात्रै समाज पनि राम्रो हुन्छ । हामीले गलत मान्छेलाई शासनको नजिक पुर्याउने गल्ती गर्नु हुँदैन ।”

महिला सहभागिता र समावेशीकरण : मन्त्री अधिकारीले आफ्नो मन्त्रालयमा करिब आधा संख्यामा महिला कर्मचारीहरू रहेको जानकारी दिँदै अहिले देशमा महिला र पुरुष बराबरी रूपमा जिम्मेवारी सम्हाल्ने परम्परा बस्नु सुखद रहेको बताउनुभयो । उहाँले धादिङको उत्तरी भेगका नागरिकलाई सहज हुने गरी आगामी दिनमा पनि यस्ता कार्यक्रम लैजाने प्रतिबद्धता जनाउनुभयो ।

१३ वटै जिल्ला समेट्ने योजना:  सूचनाको हकलाई अझ प्रभावकारी बनाउन बागमती प्रदेशका १३ वटै जिल्लाका सूचना अधिकारी, वडा  सचिवहरूलाई समेटेर वृहत् छलफल गर्ने मन्त्रालयको योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो समाज हाम्रो साँचोबाट उत्पादन हुने हो, त्यसैले राम्रो समाज बनाउन हामी सबैको साँचो (नियत र पद्धति) सफा हुनुपर्छ ।”

गल्छी गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा धादिङ जिल्लास्थित प्रदेश मातहतका कार्यालयका सूचना अधिकारीहरू र विभिन्न वडाका वडा सचिवहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सूचनाको हकको कार्यान्वयन र पुनरावेदन प्रक्रियाका बारेमा विस्तृत छलफल समेत गरिएको थियो ।

कार्यक्रमका केहि झलकहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

  • विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

  • धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

  • भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

  • समाचार
    आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0