साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
नीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरण
धादिङ, पुस २ गते ।
धादिङमा ‘गल्छी कृषि साँस्कृतिक तथा व्यापार महोत्सव २०८२’ सुरु भएको छ। गल्छी गाउँपालिका–८ स्थित छागेश्वर मन्दिर खेलमैदानमा आज देखि महोत्सव सुरु भएको हो ।
महोत्सव उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले महोत्सवले सामूहिक रूपमा कृषि उपज र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँले स्थानीय विकास र क्षेत्रको संरक्षणमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
छाँगेश्वर महादेव मन्दिर र स्थानीय खेल मैदानको संरक्षणका लागि आफूले प्राप्त गरेका कागजपत्र र मागहरूलाई अध्ययन गरी आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनुभएको छ । उहाँले प्रक्रिया पु¥याएर आएका योजनाहरूमा काँधमा काँध मिलाएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
महोत्सव उद्घघाटन पूर्व गल्छी गाउँपालिकाका विभिन्न वडाहरूबाट स्थानीय भेषभूषा, झाँकी र बाजागाजासहितको ¥याली निकालिएको थियो।
महोत्सवले स्थानीय कृषि, संस्कृति र व्यापारलाई एउटै मञ्चमा जोड्ने उद्देश्य लिएको आयोजकले जनाएको छ। गाउँपालिका भित्रका उत्पादनलाई प्रवद्र्धन गर्नको लागि महोत्सव महत्वपुर्ण हुने र गल्छीको उत्पादनलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवाडले बताउनुभयो ।
‘नेपाली मौलिक लोक संस्कृतिको छुट्टै पहिचान, संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवमा कृषि, व्यापार, मनोरञ्जन तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखिएको छ।
मनोरञ्जनतर्फ राष्ट्रिय कलाकार ईन्द्रेणी टिम, लोकदोहोरी कार्यक्रम, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजनामा तथा गल्छी गाउँपालिकाको संरक्षकमा सञ्चालन भएको महोत्सव पुस १५ गतेसम्म चल्नेछ।
तस्विर : रेडियो राजमार्ग

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |