तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
धादिङ, कात्तिक १३ गते ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारका आठ जना अपाङ्गता भएका व्यक्तिहरूलाई विद्युतीय ह्विलचियर वितरण गरिएको छ। धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टक बहादुर रुवालीको समन्वयमा उक्त सहयोग प्रदान गरिएको हो।
पूर्ण अपाङ्गता भएका र घरमै बस्न बाध्य नागरिकहरूलाई सहज गतिशीलता उपलब्ध गराउने उद्देश्यले ह्विलचियर वितरण गरिएको धादिङ नेपाली समाज अमेरिका अध्यक्ष रुवालीले जानकारी दिनुभयो। उहाँका अनुसार, विदेशमा रहेका नेपाली समुदायले संकलन गरेको सहयोग रकममार्फत आधुनिक रिचार्जेबल ह्विलचियर उपलब्ध गराइएको हो ।
विद्युतीय ह्विलचियर एकपटक चार्ज गरेपछि १५ किलोमिटरसम्म सञ्चालन गर्न सकिने र प्रयोगकर्ताले बिना सहायताका स्वतन्त्र रूपमा चलाउन सक्ने बताइएको छ।
सहयोग पाउनेमध्ये लुरे विक, अम्बिका रिजाल, अन्जन श्रेष्ठ, कुन्जेमाईला दरै, टिकानिधि बसौला, कुम्भ कुमारी गिरी, र अमृता कुमाल रहनुभएको छ। यसअघि रामबहादुर पाण्डेलाई पनि सोही कार्यक्रमअन्तर्गत ह्विलचियर वितरण गरिएको थियो।

ह्विलचियर प्राप्त गर्नुभएको अमृता कुमालले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब म सहज रूपमा वरपरका छरछिमेक र आफन्तकहाँ जान सक्ने भएकी छु।”
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सहयोगी दाताहरू तथा धादिङ नेपाली समाज अमेरिकाप्रति आभार व्यक्त गर्नुभयो । यस्ता सहयोगले अपाङ्गता भएका नागरिकहरूको आत्मविश्वास र जीवनस्तर उकास्न ठूलो योगदान पुग्ने बताउनुभयो। “गाउँपालिकाले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै नागरिकको विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर काम गरिरहेको छ,” अध्यक्ष उप्रेतीले बताउनुभयो।

यसअघि पनि रुवालीको पहलमा न्यानो कपडा वितरण, क्यान्सर पीडितलाई आर्थिक सहयोग र विपन्न बालबालिकालाई शैक्षिक सहयोगजस्ता विभिन्न सामाजिक कार्यहरू सञ्चालन हुँदै आएका छन् ।
व्यक्तिगत स्तरबाट आठ वटा आधुनिक विद्युतीय ह्विलचियर वितरण धादिङमा पहिलोपटक गरिएको हो। समाजसेवी तथा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष रुवालीले पठाउनु भएको शुभकामना कार्यक्रम संचालक,पत्रकार तथा अन्तराष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापाले वाचन गर्नुभएको थियो ।
यसैगरी अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष तथा युवा समाजसेवी राजन खकुरालले शुभकामना शन्देश पठाउदै आगामी दिनमा पनि परदेशमा बस्ने धादिङ्गेलीहरु मिलेर सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
उहाँले प्राप्त भएको ह्विल चियरको सहि प्रयोग गरेर जीवनलाई गतिशिलत प्रदान गर्ने भन्दै सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्नुभएको छ। यस अभियानले अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर र सामाजिक रूपमा सक्रिय बनाउन टेवा पुग्ने विश्वास लिइएको छ।

वितरण कार्यक्रमको प्रायोजकको रुपमा त्रिपुरासुन्दरी गाउँपालिका, अन्तराष्ट्रिय धादिङ समाजका उपाध्यक्ष तथाथ समाजसेव बद्री खतिवडा,गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका निर्वतमान महासचिव रामहरी अधिकारी, धादिङ नेपाली समाज अमेरिकाका सह कोषाध्यक्ष हरि गिरी रहनुभएको छ।
गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको अध्यक्षतामा सम्पन्न भएको वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका पुर्व उपाध्यक्ष देवी बुर्लाकोटी(पाण्डे),समाजसेवी हरि पन्त, धादिङ नेपाली समाज अमेरिकाका सदस्य बुद्धिमान बज्राचार्य,समाजसेवी ज्ञानु रुवाली, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, गोरखापत्र दैनीकका पत्रकार अस्मिता पोखरेल, नीलकण्ठ एफएमका प्राविधिक प्रमुख विनोद तमु, गणेश हिमाल प्रेसका पत्रकार विनु सिंखडा, नेपाल दृश्यका पत्रकार दिलिप श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |