बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । बेनिघाट रोराङ गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । शिविरमा २४२ जनाले आँखा जाँच गराएका थिए भने २३ पुरुष र १५ महिला गरि ३८ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको ब्यवस्थापन तथा दृष्टी आई केयर सेन्टर कलङ्कीको प्राबिधिक सहयोगमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा दृष्टी आई केयर सेन्टर कलङ्कीका वरिष्ठ आँखारोग बिशेषज्ञ डा. भाईराजा श्रेष्ठको नेतृत्वको प्राविधिक टिमले शल्यक्रिया गरेको थियो ।
यहि भाद्र १२ गते देखि १८ गते सम्म बेनिघाट रोराङ गाउँपालिकाको बिभिन्न स्वास्थ्य संस्थाहरुमा आँखा जाँच तथा मोतियाबिन्दुको पहिचान कार्यक्रम सम्पन्न पश्चात भाद्र २० गते बेनिघाट रोराङ गाउँपालिकाको नयाँ भवनमा निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो ।
भाद्र २१ गते निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरि आँखाको पट्टी खोल्ने कार्यक्रम सम्पन्न भएको छ । शिविरको समापन समारोहमा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया बिबेक,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत रामबाबु पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्ने क्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया बिवेकले जनताको स्वास्थ्यमा आफु सधै चिन्तित रहेकोले आगामी दिनमा पनि यस किसिमको शिविरहरु निरन्तर संचालन गर्ने बताउनु भएको छ ।
शिविरमा पालिकाको तर्फबाट बिरामीहरुको लागी खान,बस्न र यातायातको समेत ब्यवस्था गरिएको थियो भने दृष्टी आई केयर सेन्टर कलङ्कीले चस्मा औषधी लगाएतको सामाग्री समेत प्रदान गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |