नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ, २ भदौ ।
पूर्व प्रहरी संगठन धादिङले ३५ औं स्थापना दिवस तथा हरितालिका तीज पर्वको अवसरमा विशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशका आन्तरिक तथा कानुन मन्त्री माननीय शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रदेश सांसद माननीय गोविन्द प्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख भेषराज रिजाल, नीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष हरि बहादुर श्रेष्ठ, समाजसेवी गोपाल विश्वकर्मा, डा. गुरु प्रसाद खकुराल, भवनाथ अधिकारी, सशस्त्र प्रहरी प्रमुख माला अवा लगायतका अतिथिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संगठनका अध्यक्ष नवराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका १० जनालाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधि, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा बाजागाजासहित झाँकी प्रदर्शन समेत गरिएको अध्यक्ष दुवाडीले जानकारी दिनुभयो।










निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |