Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

धादिङमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

दिपा लम्साल ४३८५ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार (१ साल अघि)
धादिङमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

धादिङ, १७ जेष्ठ  । नेपाल क्षयरोग निवारण संस्था, जिल्ला कार्य समिति धादिङको आयोजनामा नेत्रावती डवजोङ गाउँपालिका वडा नं. १ बोराङ स्थित मंगलादेवी माध्यमिक विद्यालयमा एकदिने विद्यालयस्तरीय क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

“क्षयरोगको संका लाग्ने बित्तिकै सकेसम्म छिटो स्वास्थ्य संस्थामा गई स्वास्थ्य र खकार परिक्षण गराऔँ“ भन्ने जनचेतनामूलक नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा समुदायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

कार्यक्रम विद्यालय तहमै क्षयरोग सम्बन्धी चेतना फैलाउने, प्रारम्भिक लक्षणबारे जानकारी दिने, रोगको पहिचान, उपचार र संक्रमण नियन्त्रणका उपायहरूबारे अवगत गराउने उदेश्यले संचालन गरिएको थियो ।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था धादिङ शाखाका सभापति चन्द्र बहादुर लम्साल, सचिव बलराम खत्रि, कार्य समितिका सदस्य केशरी पन्त र डाक्टर प्रेमराज फुयालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा क्षयरोगको कारण, लक्षण, सर्ने तरिका, रोकथाम तथा उपचार सेवाबारे विस्तृत जानकारी दिँदै सचेत रहन सबैलाई आह्वान गरिएको छ ।

धादिङ जिल्लामा अझै पनि क्षयरोगका बिरामीहरू गोप्य रूपमा बस्ने, उपचारमा ढिलाइ गर्ने वा लक्षणलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएकाले विद्यालयस्तरमै यस्तो अभिमुखिकरण कार्यक्रम आवश्यक भएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमले विद्यार्थीहरूमा क्षयरोगको विषयमा सकारात्मक सोच विकास गर्न मद्दत गरेको र उनीहरूलाई आफ्ना परिवार तथा समुदायमा पनि जानकारी प्रवाह गर्ने दूतको रूपमा तयार पार्ने अपेक्षा लिइएको छ ।

धादिङको दुर्गम भेगमा समेत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल क्षयरोग निवारण संस्था जिल्ला कार्य समिति धादिङले आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सोहि कार्यक्रमको अवसरमा पारेर क्षयरोग निवारण संस्था जिल्ला कार्यसमिति धादिङले उक्त बिद्यालयमा जुनियर नाटा समेत गठन गरेको छ । कृष्मा थापामगर अध्यक्षतामा १३ सदस्यिय जुनियर नाटा गठन गरिएको शाखाका सभापती चन्द्र बहादुर लम्सालले जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0