बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी,७ जेष्ठ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि दुई पुनर्ताजगी तालिम धादिङबेशीमा आजबाट सुरु भएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना तथा क्यूर ब्लाईण्डनेस प्रोजेक्टको सहयोगमा दुई दिने पुनर्ताजगी तालिम सुरु भएको हो । आँखामा हुने समस्या कम गर्ने उदेश्यले सामुदाaयिक स्वास्थ्य स्वयंमसेविकालाई तालिम प्रदान गरीएको क्यूर ब्लाईन्डनेस प्रोजेक्टका मास्टर ट्रेनर बिमल पौड्यालले जानकारी दिनुभयो ।
तालिममा कर्नियामा फुलो परि हुने अन्धोपन रोकथामको उपाय, अन्धोपनका समस्या र यसका समाधान बारे थप उपचार गर्ने, समयमै अन्धोपन निवारणका लागि आवश्यक पर्ने प्रचार प्रसार बारे जानकारी गराइएको थियो । आँखाको प्राथमिक उपचार नपाएर आँखाको ज्योली नै गुम्ने तथा गम्भीर अवस्थामा अस्पताल पुग्ने दरलाई कम गर्ने र कर्नियामा हुने चोटपटकलाई निवारण गर्नको लागि तालिम संचालन गरिएको पौडेलले बताउनुभयो । तिलगंगा आँखा प्रतिष्ठान धादिङले बिगतदेखि नै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ६/६ महिनामा आँखा सम्बन्धि प्राथमिक उपचार तालिम प्रदान गर्दै आएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको परियोजना अधिकृत हस्त राईको अध्यक्षतामा सुरु भएको तालिममा धादिङ अस्पतालका अस्पताल निर्देशक डा. गगन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती दुर्लभ तामाङको बिशेष आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत बिष्णु प्रसाद रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |