नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
काठमाडौँ, २१ पुस ।
आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
मौसमविद् लामिछानेले हुस्सु र कुहिरो लागका बेलामा स्वास्थ्य, कृषि, यातायातलगायत क्षेत्रमा असर पर्ने भएकाले सबैले सावधानी अपनाउनुपर्ने उल्लेख गर्नुभयो । यस्तो बेलामा न्यानो भएर बस्नुपर्ने, गाडी गुडाउँदा हेडलाइट बालेर हिँड्ने, तातो खानेकुरा खाने, चिसोमा धेरै नहिँड्ने, न्यानो कपडा लगाएर बस्ने लगायत उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विगत केही दिनदेखि तराईका धेरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेको र केही स्थानमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्न गई चिसो बढेको छ ।
चिसोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको भन्दै यसका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सावधानीका उपायहरू तथा सतर्कता अपनाउन अनुरोध महाशाखाले गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले हुस्सु कुहिरो नियमित अनुगमनसँगै दैनिक बुलेटिन जारी गरिरहेको जनाएको छ ।
आज काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा मौसम बदली हुँदा हवाई उडानसमेत प्रभावित भइरहेको छ । भोलि र पर्सी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र उच्च हिमाली क्षेत्रका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् लामिछानेले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |