धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङ,१७ पुस
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ।नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,वडा अध्यक्षहरु,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सचिव सन्तोषराज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमको उद्घाटन नगर प्रमुख भीम प्रसाद ढुंगानाले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।उद्घाटन सत्र अघि धादिङबेसी स्थित पुछारबजारबाट ¥याली निकालिएको थियो ।प्रतियोगिताको पहिलो दिन आज छात्र÷छात्राको भलिबल,कबड्डी,रिले दौड सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीमप्रसाद ढुंगानाले नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताउनुभयो ।

खेल क्षेत्रको विकासको लागि नगरपालिकाले विगतमा विभिन्न प्रतियोगिता सन्चालन गरीरहेको भन्दै उहाँले यसबर्ष पनि भलिबल,फुटबल,फुटसल,व्याडमिन्टन लगायतको प्रतियोगिता सन्चालन गर्ने बताउनुभयो ।जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण पदक बिजेताहरुलाई नगरपालिकाले प्रति स्वर्ण पदक बराबर दूई हजार नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।जिल्ला,प्रदेश तथा संघ स्तरीय प्रतियोगितामा सहभागी हुने नीलकण्ठ नगरपालिकाका खेलाडीहरुको खर्च नगरपालिकाले व्यहोर्ने समेत बताउनुभयो।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप–प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले खेलकुदको क्षेत्रमा काम गरीरहेको बताउनुभयो । आजदेखी सुरु भएको प्रतियोगिता २० गते सम्म सन्चालन हुने छ ।नगर स्तरीय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको खेलहरु जिल्ला स्थित ४ स्थानमा खेलाईने छ ।आज समुह चरणको खेलहरु सुरु भएको छन् । बाँकि खेल भोली बिहानबाट खेलाईने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |