नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङबेशी । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ छेवाङको डुडेठाटि आधारभुत स्वास्थ्य केन्द्रमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गजुरी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल, कीर्तिगङ्गा मेडिकल सेन्टर, धादिङ अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा ३०० जना भन्दा बढी स्थानीय जनसमुदायले सेवा लिएका छन् ।
सबैका लागि स्वास्थ्य भन्ने मुल नारा सहित आयोजित शिविरमा स्त्री रोग, नाक कान घाटि, हाडजोर्नी, दन्त सेवा, पाठेघर रोग सम्बन्धि स्क्रीनिङ, सामान्य चिकित्सा सेवा प्रदान गरिएको थियो । शिविरमा लायन्स क्लब अफ धादिङ भैरवी, बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपाल, शितल छहारी नेपाल, प्रयास नेपाल धादिङ, क्वेस्ट फार्मा कम्पनी तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापन विभागको प्राविधिक सहयोग रहेको थियो । शिविरमा शिक्षाको महत्वलाई प्राथमिकता दिई बालबालिकाहरुलाई कापी र कलम पनि वितरण गरिएको छ । साथै स्थानीय छेपाङ माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण समेत गरिएको थियो ।
विपन्न चेपाङ, दलित,तामाङ र अन्य जाति समुदायको बसोबास रहेको सो क्षेत्रमा भएको शिविरबाट केही जटिल प्रकृतिका केसहरुलाई काठमाडौं रिफर गरिएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विसुराल, बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन प्रतिनिधिहरु लायन्स क्लव अफ भैरवी धादिङका अध्यक्ष कृष्ण वद्री पौडेल नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी लगायतको आतिथ्यमा आयोजित समुदघाटन समारोहमा वडाध्यक्ष द्रोण कडेलले छेपाङबासीलाई सेवा गर्न आउनु भएको टोलिलाई सम्मान पत्र सहित मायाको चिनो हस्तान्तरण गरि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
स्वास्थ्य बीमा बोर्डमा कार्यरत डा. राम थापा क्षेत्रीको नेतृत्वमा १४ जना डाक्टर र नर्स सहितको मेडिकल टिमबाट संचालित सो शिविर आगामी दिनमा गजुरी गाउँपालिकाकै ४ नम्बर वडा लगायत अन्य दुर्गम भेगमा पनि संचालन गर्न पालिकाले सहजीकरण गरिने अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयोे ।
विपन्न र सीमान्तकृत समुदायलाई स्वास्थ्यको मुलधारमा ल्याउने र धादिङ जिल्लालाई स्वास्थ्य क्षेत्रमा सबल र सुदृढ बनाउने अभियानलाई निरन्तरता दिदै धादिङ जिल्लाका अन्य विकट क्षेत्रहरुमा पनि शिविर आयोजना गरिने स्वास्थ्य शिविर संयोजक तथा नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डमा कार्यरत धादिङ निवासी डा. राम थापा क्षेत्रीले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |