Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’

५७८ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ७, बुधबार (१ साल अघि)
‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’

चितवन, ७ कात्तिक

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल मत्स्य समाजद्वारा आज आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवं गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको प्रवर्र्घन गर्न सरकारले उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।

सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुङ्गाको रुपमा भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलिय जैविक विविधतामा धनी भएको जनाउँदै उहाँले यस्ता स्रोतमा निर्भर रहेर धेरै समुदायको जीविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामासमेत महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो ।

नेपालमा मत्स्य पालनमा विभिन्न चुनौती रहेका जनाउँदै उहाँले भन्नुभयो,“गुणस्तरीय उत्पादन सामग्रीको आपूर्ति, पूर्वाधार विकासमा उच्चलागत, यान्त्रिकरण, डिजिटलाइजेशनको कमी, बजार पहुँच रहेका छन् ।” नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएकाले मत्स्यपालन क्षेत्रमा पनि जलवायु परिवर्तनको असरको सामना गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाइ थियो ।

उहाँले भन्नुभयो,“जलस्रोत तथा जलिय जैविक विविधता संरक्षणमासमेत विभिन्न चुनौती रहेका छन् ।”मत्स्यपालनले नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा जम्मा ० दशमलब ४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीको भनाइ थियो । हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवद्र्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उहाँले बताउनुभयो ।

कृषि विकास रणनीतिले पनि नेपालका कृषि क्षेत्रको विकासका लागि मत्स्यपालनलाई तीन प्रमुख उपक्षेत्रमध्येको एकको रूपमा पहिचान गरेको मन्त्री अधिकारीको भनाइ थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यबाहाक उपकुलपति प्राध्यापक डा शारदा थपलिया, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र, नार्कका कार्यकारी निर्देशक डा दोजराज खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदी, एफएओ नेपाल तथा भुटानका प्रतिनिधि केन सीमि, नेटवर्क अफ एक्वाकल्चर एसियाप्यासेफिकका डा एडवार्डो लिएनो, नेपाल मत्स्यसमाजका अध्यक्ष प्राडा सुनिला राईलगायतले माछा उत्पादन, प्रविधि, बजारीकरण लगायतको महत्वका बारेमा बोल्नुभएको थियो ।

सम्मेलनमा विभिन्न १० देशका दुई सय वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थी सहभागी रहेको छ । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, थाइल्याण्ड, हङ्गेरी, जापान, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, मलेसिया र नेपालका प्रतिनिधि सहभागी भएको समाजका अध्यक्ष राईले जानकारी दिनुभयो । सम्मेलनमा ४० विदेशी, १०३ नेपाली गरी कुल एक सय ४३ वैज्ञानिक कार्यक्रम पेस गरिँदै छ ।

एक सय २१ मौखिक कार्यपत्र र २२ पोष्टर प्रस्तुतिकरण गरिने राईले जानकारी दिनुभयो । सम्मेलनमा शिक्षाविद्, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विषेशज्ञहरुले आफ्ना अनुभव, प्रविधिको विकास, अनुसन्धान नतिजा तथा असल अभ्यासको ज्ञान आदानप्रदान हुने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • समाचार
    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0