Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षतामा पुनः राजन खुकुराल निर्वाचित

१४३८ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार (१ साल अघि)
अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षतामा पुनः राजन खुकुराल निर्वाचित

धादिङ,२३ असोज
अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल(युके) चयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो ।पुर्नगठित वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल), उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान), बद्री खतिवडा(अमेरीका) चयन हुनुभएको छ ।

यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान), सचिवमा राजेन्द्र थपलिया (द. कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल), सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके), पारस भण्डारी(अस्ट्रेलिया), विनोद उप्रेती(अस्ट्रेलिया), कमल दुवाडी(अमेरीका), छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ । समाजका अनुसार १ जना महिला उपाध्यक्ष, महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ । महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने बताउनुभयो ।उहाँले प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो । महाधिवेशनले धादिङवेशी घोषणापत्र पनि पारित गरेको छ ।विश्वका जुनसुकै देशमा प्रभावकारी सञ्जाल तयार, संयन्त्र निर्माण एवं समन्वय गरि अप्ठेरोमा परेकाआप्रवासी धादिङेलीहरुको सहयोग, उद्धार र पुनस्र्थापनाका लागि आवस्यक पहल कदमी गर्ने,विश्वका विभिन्न देशमा महत्वपुर्ण योगदान, ब्यवसायीक दक्षता र उदाहरणीय काम गरिरहेका धादिङेलीहरुको प्रोफाइल तयार गरि उनीहरुको ज्ञान, अनुभव र श्रोतलाई जिल्लाको विकास अभियानमा जोड्न आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने लगाएतको ९ बुँदे धादिङवेशी घोषणापत्र पारित गरेको हो।

महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए ।महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो । भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ ।अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो। अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • समाचार
    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0