नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
काठमाडौं, २ भदौ।
आजदेखि सुरु यू-२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । नेपालको जितमा निराजन धामी नायक बने । उनले खेलको २४औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा तुलनात्मकरूपमा बल पोजिसनमा नेपालको पक्ष राम्रो देखिए पनि फिनिसिङ राम्रो नहुँदा नेपालले कैयौँ अवसर गुमाएको थियो । च्याम्पियनसिपको समूह ‘ए’मा नेपाल, श्रीलङ्का र बङ्गलादेश छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । समूह ‘ए’को खेलमा श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अगाबै सेमिफाइनल पुग्नेछ । प्रतियोगिताअन्तर्गत भोलि समूह ‘बी’मा रहेको भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |