नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, ०२ साउन ।
धादिङका एक युवकको पोखरास्थित हर्पन खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ लपाङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा बस्दै आएका २५ वर्षीय सन्तोष सिंखडा रहेका छन् ।
सिंखडा साउन १ गते दिउँसो करिब २ बजे पोखरा २३ घाँटीछिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाउने बित्तिकै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं.२४ हेडक्वाटर कालिकाबाट उद्दार टोली खटिएर खोजी गरिएकोमा मंगलबार दिउँसो ३ः२० बजे उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सिंखडाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि काठमाडौँ बस्दै आएका सन्तोष एक सातादेखि पोखरा स्थित ससुराली घरमा बस्दै आएका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |