नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङबेशी । नेपाल कम्युनिष्ट पार्टी एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कमिटी अध्यक्षमा नन्द बहादुर गुरुङ निर्वाचित भएका छन् । वडा कमिटीको सोमबार सम्पन्न दोस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा विन्तिराज अधिकारी, सचिव सुमित्रा कंडेल(लम्साल), उपसचिवहरु रामशरण दुवाडी र पुजा लम्साल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा कृष्ण प्रसाद रिजाल, कुल बहादुर परियार, शोविता खनाल, कल्पना लम्साल, डम्बर बहादुर गुरुङ, गीता परियार, विपिन लम्साल, धनदेवी गुरुङ, शुशिला गुरुङ, टुकमान खाती, कृष्ण बहादुर श्रेष्ठ, नर बहादुर लम्साल, मुन कुमार लम्साल, कमल नारायण श्रेष्ठ, पार्वती बराइली, शोभा दुवाडी रहेका छन् ।
यसै अवसरमा सरिता अधिकारीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा कमिटी पनि गठन गरिएको छ । उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव राधिका सापकोटाले २०८४ मा नेकपा एमाले धादिङमा पहिलो पार्टी बन्ने बताउनु भयो । ‘मिशन चौरासी सफल पार्न संगठनलाई सुदृढ बनाउनु पर्छ । त्यसको लागि नेतृत्वदायी भुमिका आवश्यक छ । चौरासीमा एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने उहाँको भनाई छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |