धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङबेशी । नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले रुबीभ्याली विकास एमालेले सुरु गरेकोले अब फेरि एमाले विना विकास सम्भव नहुने बताउनु भएको छ ।
नेकपा एमाले रुबीभ्याली गाउँपालिका कमिटिको दोश्रो पालिका अधिवेशनलाई सम्बोधन गर्दै कडेलले रुविभ्यालीको बिकासमा नेकपा एमालले सघाउने बताउनु भयो । आफु राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष हुँदा रुबीभ्याली एकीकृत विकास कार्यक्रमको खाका बनाउन गाउँपालिकालाई भनेपनि बजेट खर्च गरेपनि खासै काम नगरेको र तत्कालीन गाउँपालिका टिमले वास्ता नगरेको डा. कँडेलको भनाई छ ।
राष्ट्रिय योजना आयोगमा रहँदा डा. कँडेलले योजना बनाएर धादिङबेसी तिप्लिङ, स्याप्रुबेसी सडक पक्कि बनाउन बहुवर्षीय रुपमा काम सुरु गरेको, ७ पुलको लागि योजना गरिएको बताउनुभयो । नेकपा एमाले रूविभ्याली गाउँपालिकाको दोस्रो अधिवेशनबाट नरमान तामाङलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा निर्मान तामाङ, सचिवमा मुल बहादुर तामाङ, उपसचिवमा राम घले निर्वाचित हुनुभएको छ ।
अधिवेशनलाई नेकपा एमाललेका केन्द्रिय सदस्य धर्मदत्त देवकोटा, एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कडेल लगाएतले शुभकामना प्रकट गर्नु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |