निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले रुबीभ्याली विकास एमालेले सुरु गरेकोले अब फेरि एमाले विना विकास सम्भव नहुने बताउनु भएको छ ।

नेकपा एमाले रुबीभ्याली गाउँपालिका कमिटिको दोश्रो पालिका अधिवेशनलाई सम्बोधन गर्दै कडेलले रुविभ्यालीको बिकासमा नेकपा एमालले सघाउने बताउनु भयो । आफु राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष हुँदा रुबीभ्याली एकीकृत विकास कार्यक्रमको खाका बनाउन गाउँपालिकालाई भनेपनि बजेट खर्च गरेपनि खासै काम नगरेको र तत्कालीन गाउँपालिका टिमले वास्ता नगरेको डा. कँडेलको भनाई छ ।
राष्ट्रिय योजना आयोगमा रहँदा डा. कँडेलले योजना बनाएर धादिङबेसी तिप्लिङ, स्याप्रुबेसी सडक पक्कि बनाउन बहुवर्षीय रुपमा काम सुरु गरेको, ७ पुलको लागि योजना गरिएको बताउनुभयो । नेकपा एमाले रूविभ्याली गाउँपालिकाको दोस्रो अधिवेशनबाट नरमान तामाङलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा निर्मान तामाङ, सचिवमा मुल बहादुर तामाङ, उपसचिवमा राम घले निर्वाचित हुनुभएको छ ।
अधिवेशनलाई नेकपा एमाललेका केन्द्रिय सदस्य धर्मदत्त देवकोटा, एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कडेल लगाएतले शुभकामना प्रकट गर्नु भएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |