तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, बैशाख २९ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले संसदलाई जिवन्त, गतिशील र जनमूखी बनाउनु पर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल धादिङले शनिबार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सभामुख सापकोटाले सम्सदलाई सहमतिपूर्वक सुचारु गर्नका लागि राष्ट्रिय सहमति कार्यक्रम गरेर संचालन गर्नु पर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय सहमतिमा जति ढिला गर्यो देशको अस्तित्वमाथी प्रश्न चिन्ह खडा हुने बताउँदै सहमति सहकार्य र समन्वय गर्दै अघिबढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्र धादिङको बैठकका लागि धादिङबेसी आइपुग्नु भएका सापकोटाले सरकारले काम गर्दा जनताको जिवनस्तर उकास्नेखालका कार्यक्रम आउन नसकेकोले आगामी दिनमा राष्ट्रको आवस्यकतामा निरन्तरतामा क्रमभंग गर्नुपर्ने बताउनुभयो ।
अहिलेको संसदले जनतालाई आशावादी बनाउन नसकेको अराजकता र उकुसमुकुसको अवस्थामा देश पुगेकोले साझा राष्ट्रिय दृष्ट्रिकोण बनाउनु पर्नेमा पार्टी उपाध्यक्ष तथा पूर्व सभामूख सापकोटाले जोडदिनुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्धनमा जोड दिने खालको बजेट ल्याउनु पर्ने विचार व्यक्त गर्नुभयो । समाजवाद अर्थात सबैका लागि समृद्धि हुने निति कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउने बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष मनराज भण्डारी लगायतका नेताहरुको सहभागिता थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |