प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
धादिङ, बैशाख २९ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले संसदलाई जिवन्त, गतिशील र जनमूखी बनाउनु पर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल धादिङले शनिबार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सभामुख सापकोटाले सम्सदलाई सहमतिपूर्वक सुचारु गर्नका लागि राष्ट्रिय सहमति कार्यक्रम गरेर संचालन गर्नु पर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय सहमतिमा जति ढिला गर्यो देशको अस्तित्वमाथी प्रश्न चिन्ह खडा हुने बताउँदै सहमति सहकार्य र समन्वय गर्दै अघिबढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्र धादिङको बैठकका लागि धादिङबेसी आइपुग्नु भएका सापकोटाले सरकारले काम गर्दा जनताको जिवनस्तर उकास्नेखालका कार्यक्रम आउन नसकेकोले आगामी दिनमा राष्ट्रको आवस्यकतामा निरन्तरतामा क्रमभंग गर्नुपर्ने बताउनुभयो ।
अहिलेको संसदले जनतालाई आशावादी बनाउन नसकेको अराजकता र उकुसमुकुसको अवस्थामा देश पुगेकोले साझा राष्ट्रिय दृष्ट्रिकोण बनाउनु पर्नेमा पार्टी उपाध्यक्ष तथा पूर्व सभामूख सापकोटाले जोडदिनुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्धनमा जोड दिने खालको बजेट ल्याउनु पर्ने विचार व्यक्त गर्नुभयो । समाजवाद अर्थात सबैका लागि समृद्धि हुने निति कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउने बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष मनराज भण्डारी लगायतका नेताहरुको सहभागिता थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |