निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी । कवि सृजना अर्यालको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण गरिएको छ । धादिङको सिद्धलेक गाउँपालिकाको सभाहलमा शनिबार प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईटेल र माता लक्ष्मी अर्यालले कवितासंग्रहको लोकार्पण गर्नुभएको हो ।

बोध अन्तर्बाेध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको छ । देशको दुर्गमता, विकताका परिस्थिति र त्यहाँका दुखेसोहरु कविताले बोलेको छ । बेला बेलामा आउने भुकम्प, महामारीले आम नागरिकलाई दिने पीडा कविता मार्फत सृर्जनाको दृष्टि पुगेको छ ।
एक सय ३४ पेजको बोध अन्तर्बाेध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छ । सुनको पिजडा कवितासंग्रहपछि अर्यालको यो दोश्रो संग्रह हो । बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणमा पुगेका साहित्यकारहरुले कविता मार्फतनै सृर्जना अर्याललाई शुभकामना दिनुभएको थियो ।
भर्खरै उदाउदै गर्नुभएकी कवि सृजनाले पनि बोध अन्तर्बाेध कवितालाई आफ्नो चौथो सन्तानको रुपमा लिनुभएको छ ।
सोही समारोहमा बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणसंगै गुलावी मन (गजल अडियो)को पनि लोकार्पण गरिएको छ । शास्त्रीय छन्दमा कविता लेख्नेहरूका निम्ति यो सङ्ग्रह एउटा राम्रो उदाहरण हुन सक्ने मदन पुरस्कार बिजेता साहित्यकार डा.नवराज लम्साल बताउनु हुन्छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |