निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी । धादिङको रुबीभ्याली गाउँपालिकाले निलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने पालिकाभरीका सम्पूर्ण विद्यार्थीको शुल्क तिरिदिने भएको छ ।
१४ औं हिउँदे अधिवेशन तथा गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार विभिन्न विषयको संकायमा भर्ना हुने सबै विद्यार्थीको शुल्क पालिकाले तिरिदिने भएको हो ।
निलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने पालिकाभरीका सबै विद्यार्थीलाई निःशुल्क व्यवस्था मिलाइएको पालिका प्रमुख रामसिंह तामाङले बताउनु भयो । ‘कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भनेर क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क पालिकाले तिर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताउनु भयो ।
पालिका प्रमुख तामाङले अहिले यस शैक्षिक सत्रका लागि मात्र यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो । ‘विद्यार्थीको संख्या हेरेर आगामी आर्थिक वर्ष पनि निःशुल्क अध्यपन कार्यक्रमलाई निरन्तरता दिने–नदिने निर्धारण गरिने उहाँको भनाई छ । नीतिगत निर्णय गरेर गाउँपालिकाको कार्यक्रमकै रूपमा पनि आगामी वर्ष पनि निरन्तरता दिने योजना रहेको उहाँले बताउनु भयो ।
त्यसैगरी रुवीभ्याली गाउँपालिकाले धादिङ अस्पताल संगको सहकार्यमा पालिकाका जनतालाई स्थानीय स्वास्थ चौकीमा उपचार हुन नसकेका बिरामीलाई पाँच हजार सम्मको उपचार निःशुल्क गराउने तयारी समेत गरेको पालिका प्रमुख तामाङले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |