धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । गङ्गाजमुना गाउँपालिकाको सहकार्य एवं सार्वजनिक खरिद अनुगमन कार्यालय ( PPMO ) को सहजीकरणमा गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक खरिद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रतिनिधि, शाखा प्रमुख, प्राविधिक कर्मचारी तथा ईच्छुक अन्य कर्मचारीहरू सहभागी भएका ३ दिवसीय कार्यक्रम माघ १७ गते सुरु भएको थियो । समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले प्रशिक्षण कार्यक्रमले आगामी दिनहरूमा नीतिगत विषयबारे ज्ञात गराई सिकेका ज्ञानहरू व्यवहारमा लागुगर्नुपर्ने बताउनु भयो ।
त्यसैगरी सम्बोधनको क्रममा जिल्ला समन्वय समितिको प्रमुख नवराज अधिकारी क्षेत्रीले गाउँपालिकामा यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा खरिद सम्बन्धी विभिन्न विषयमा नीतिगत तथा कानूनी प्रक्रियाबारे जानकारी एवं व्यवहारिक समस्या, सवालहरू र सोको निराकरणबारे छलफल एवं प्रशिक्षण दिई जनप्रतिनिधि एवं कर्मचारीहरूलाई समयानुकुल परिष्कृत गर्दै कार्य क्षमतामा वृद्धि गरी कार्य सम्पादनमा गुणस्तरीयता प्रदान गर्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विशेष आग्रह गरी कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले यस्तो कार्यक्रम आवश्यक रहेको हुनाले सहभागी सबै कर्मचारीहरूलाई उक्त प्रशिक्षण कार्यक्रमबाट सकेसम्मको लाभ लिन आग्रह गर्नु भएको थियो । सहभागी कर्मचारीहरूले यस गाउँपालिकामा यस्तो प्रशिक्षण कार्यक्रमले धेरै विषयबारे जानकारी भएको बताएका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना अधिकारी निर्देशक पवनराज कोइरालाले एउटा स्थानीय तहलाई मात्र भनी तालिम गर्न विरलै गएको भएता पनि गाउँपालिकाले विशेष अनुरोध गरेपश्चात गङ्गाजमुना गाउँपालिकामा आएर प्रशिक्षण दिन पाएकोमा खुसी व्यक्त गर्दै प्रशिक्षणमा सिकेका कुराहरू व्यवहारमा लागु गर्न अनुरोध गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |