धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१८ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९मा सुरु भएको सातदिने व्यवसाय सचेतना तालिम बिहिबार सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्ष २०८०/०८१ मा कार्यान्वय हुने गरी स्वीकृत भएको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सन्चालन गरीएको तालिम बिहिबार समापन भएको हो ।पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्ने सुवेदीले जानकारी दिनुभयो ।

पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको छ ।७ दिन सम्म सन्चालन भएको तालिममा प्रत्येक दिन विषय विज्ञहरुबाट सहजिकरण भएको नीलकण्ठ नगरपालिकाका सामाजिक परिचालन अधिकृत तथा प्रशिक्षक सम्झना भण्डारीले बताउनुभयो । तालिम पश्चात सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले प्रमाणपत्र वितरण गर्नुभएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, मेयर भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |