नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको पाचौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन धादिङबेशीमा सुरु भएको छ । शुक्रबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेश समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको सभापतित्व तथा संघीय साँसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।
साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तथा संघीय सांसद रामनाथ अधिकारीले २/३ वर्ष अघिको सम्झना गर्नुहुँदै समयमा विद्यालयमा विद्यार्थीहरुको हातमा पुस्तक नपर्ने गरेकोमा अहिले देशभरी छरीएका व्यवसायी एक भएर लागेकोले सहज भएको बताउनुभयोे ।
उहाँले सबै मर्यादित भएर पुस्तक व्यवसायलाई अगाडि बढाउनु पर्ने बताउनुभयो । पुस्तक व्यवसायीको विचार र समस्यालाई आफुले राज्यसमक्ष लगेर समाधान गर्न सहयोग गर्ने साँसद अधिकारीले विस्वास दिलाउनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव शिवसागर शर्माले पुस्तकको मूल्य १२ वर्ष देखि समायोजन नहुँदा व्यवसायीहरु मर्कामा परेको बताउनु भयो । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले र्शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम गरेर सरकारको कामलाई सहयोग गरिरहेको उहाँले बताउनु भयो ।
व्यवसायी अगुवाहरुले पुस्तकको मूल्य समायोजन गर्नका लागि सरकारसँग माग गरिएको छ । १२ वर्ष अघि ७५ रुपैयाँ प्रतिकेजी परेकोमा अहिले २ सय ५० पर्दा पनि मूल्य समायोजन नभएको व्यवसायीको गुनासो छ ।
साधारणसभाको अवसरमा धादिङमा २०४३ सालमा स्टेसनरी तथा पुस्तक पसल सुरुवात गर्ने गोविन्द श्रेष्ठ, प्रदेशमा रहेर काम गरेका सचिव हरि पौडेललाई सम्मानित गरिएको छ । सोहि अवसरमा प्रदेश भरमा उत्कृष्ट काम गर्ने धादिङ शाखालाई समेत सम्मान गरिएको थियो । शुक्रबारदेखि धादिङबेशी स्थित जिल्ला समन्वय समितिकको हलमा सुरु भएको साधारण सभा तथा अधिवेशन शनिबार समापन हुने छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |