धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, ०२ माघ ।
धादिङको ज्वालामुखी गाउँपालिका –३ मैदीमा ९२ जनाले रक्तदान गरेका छन् । सोमबार पाँचौ खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ६३ पुरुष र २९ जना महिला गरी ९२ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
नेपाल रेडक्रस सोसाईटी मैदी उप–शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा वडा नम्बर ३ को कार्यालय, खड्गदेवी युवा क्लब, मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समिति, मैदी ग्रामिण कृषि बहुउद्धेश्यीय सहकारी संस्था लि र मैदी ग्रामिण विद्युत सहकारी संस्था लिको, श्री स्थापनापती कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको सह–आयोजक, तथा लायन्स क्लब अफ काठमाण्डौं बल्ड सर्कल, लायन्स क्लब अफ काठमाण्डौं जुपिटरको सहकार्य र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
नेपाल रेडक्रस सोसाईटी मैदी उप–शाखा धादिङले रक्तदान कार्यक्रममा विगतका वर्षहरु देखि निरन्तरता दिदै आएको छ ।
उक्त रक्तदान कार्यक्रमको लागि संस्थागत तथा व्यक्तिगत रुपमा नगद सहयोग गर्ने संस्थाहरु :
श्री स्थानापति कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड – २०,०००
मैदी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड – ५,०००
साना किसान सहकारी संस्था लिमिटेड, ज्वालामुखी गा.पा वडा नं २, मैदी– ५,०००
दिपक श्रेष्ठ ज्वालामुखी गा.पा वडा नं ३, मैदी– ३,१००
ध्रुव कुमार श्रेष्ठ, ज्वालामुखी गा.पा वडा नं २, मैदी – ३,०००
रामकृष्ण श्रेष्ठ, ज्वालामुखी गा.पा वडा नं ३, मैदी – २,०००
ददीराम तिवारी, ज्वालामुखी गा.पा वडा नं २, मैदी– १,०००
कमला भारती, ज्वालामुखी गा.पा वडा नं २, मैदी – १,०००







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |