धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । नवौँ धादिङ महोत्सव माघ १० गतेदेखि २१ गते हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा धादिङको गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली किनारमा महोत्सव हुने भएको हो ।
शुक्रबार धादिङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको गरेर महोत्सवको तयारीको बिषयमा जानकारी गराएको हो । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष बिष्णु थपलियाले बताउनु भयो ।
महोत्सवमा १ सय ५० वटा स्टल रहने र त्यसमध्ये ५० वटा स्टलहरू जिल्लाभित्रका स्थानिय उत्पादन, सेवा र वस्तुहरूको पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निःशुल्क बितरण गर्न लागीएको अध्यक्ष थपलियाले पत्रकार सम्मेलनमा बताउनु भयो ।
महोत्सवको आम्दानीबाट संघको संस्थागत विकासमा ठोस योगदान पुगोस् भन्ने उद्देश्यका साथ पुस्तकालय सहितको सूचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजना रहेको समेत उहाँले बताउनु भयो । उहाँले मेला सफल बताउन बिभिन्न समितिहरु समेत निर्माण गरि काम सुरु भएको जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |