धादिङ,२७ पुस
नीलकण्ठ नगरपालिकाले रु १८ करोड ५६ लाख ७१ हजार १ सय ७१ रुपैयाँको लागतमा वडा नम्बर ३ मा सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । भुमिगत पार्किङ सहित निर्माण हुने भवनको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा उप प्रमुख दिपक विश्वकर्मा,सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रहरी प्रमुख गौतम मिश्र,नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, वडा अध्ययक्षहरु,शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु, सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधी,नेपाली काँग्रेसका युवा नेता राधाकृष्ण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
नगरपालिकाको प्रशासनिक भवनमा एक पटकमा ९ जना चढ्न मिल्ने लिफ्ट समेत जडान गरीनेछ। साथै भवनको भुई तलामा लेखा शाखा,स्वास्थ्य शाखा र प्राविधिक शाखा रहनेछ भने पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष,शिक्षा शाखा र मेयरको कार्य कक्ष रहने नगरपालिकाले जानकारी दिएको छ । यसैगरी दोस्रो तलामा उप मेयरको कक्ष र न्यायीक हल रहनेछ भने तेस्रो तलामा सेमिनार हल रहने छ । यसैगरी चौथो तलामा आवासको व्यवस्था गरीएको भवन चार हजार ५२३ स्क्वायरफिटमा पाँच तलाको हुनेछ ।
वि.स.२०८० कार्तिक २१ गते सम्झौता भएको उक्त भवन वि.स.२०८३ बैशाख २० गते सम्पन्न गर्ने लक्ष्य रहेको छ । निर्माण कम्पनीले ३० महिनामा काम गर्नेगरी काम सुरुवात गरेको छ । भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाले तोकिएको समयमा काम सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ ।भवन निर्माण भएपछि नागरिकहरुलाई सेवा प्रवाहरुमा सहज हुने भन्दै मेयर ढुंगानाले गुणस्तरीय काम भए नभएको हेर्न पनि प्राविधिकहरुलाई दिर्नेशन दिनुभएको छ । जग्गा प्राप्त गर्नको लागि धेरै समय लागेको भन्दै उहाँले प्रशासनीक भवन बनेपछि नागरिकहरुले सहज रुपमा सेवा लिन पाउने बताउनुभयो ।यसैगरी नगर उप मेयर दिपक विश्वकर्माले नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |