धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ, २५ पौष ।
नीलकण्ठ नगरपालिका वडा नं ११ धमला ज्यामरुङमा माघ एक गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । श्री शंखा देवी संरक्षण समाजको आयोजनामा माघे संक्रान्तिकोे अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
वरिष्ठ पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा राधा कृष्ण मन्दिरको प्रङगणमा कार्यक्रम हुने आयोजकले जनाएको छ । शंखादेबी मन्दिरको ब्यापक प्रचार÷प्रसार तथा पुरानो लोपोन्मुख गिर खेलको महत्व बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको शंखा देवी संरक्षण समाजले जानकारी दिएको छ ।
कार्यक्रममा चर्चित लोक गायक सुकदेव अधिकारी, गायिका विन्दु विहानी, सरूना दवाडी लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने छ । त्यसैगरी शंखादेबी ज्यामरुङ दरबार पन्चेबाजा समुहको प्रस्तुती,लाईभ दोहोरी लगायत अन्य प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । कार्यक्रमको प्राईम टेलिभिजन र नीलकण्ठ एफ एम बाट प्रत्यक्ष प्रसारण समेत गरिने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |