धादिङ ,१९ पुस
नीलकण्ठ माध्यामिक विद्यालयमा रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम गरिएको छ । ब्लड डोर्नस सोसाइटी नेपालको आयोजना र नीलकण्ठ युवा रेडक्रस सर्कलको सहकार्यमा मेची महाकाली अभियान अन्तगर्त रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम गरिएको हो ।गत पौष ७ देखि मेची पुलबाट एक घर एक रक्तदाता भन्ने नाराका साथ सुरु भएको अभियान आज धादिङको नीलकण्ठ माविमा सम्पन्न गरिएको संयोजक एवम् ब्लड डोनर्स सोसाईटी नेपालका सस्थापक अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा रगत तथा रक्ततत्वको आवश्यकता पर्न सक्ने अवस्थाहरु, रगतबारे जानकारी, शरीरमा रगत कसरी बन्दछ र यो नष्ट कसरी हुन्छ ? रगतको आयु, मानिसको शरीरमा रगतको समुह, रगतको काम, शरीरमा रगतको मात्रा कति हुन्छ ? र कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् भन्ने लगायतका विषयमा अर्जुन अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नीलकण्ठ माध्यामिक विद्यालयका प्रधानाध्यापक ध्रुर्व अधिकारी, रेडक्रस धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतका आतिथ्यता रहेको थियो ।अभियान अन्तरगत विभिन्न विद्यालय तथा कलेजमा गएर युवाहरुलाई रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्नुका साथै र सम्भव भएको स्थानमा सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम पनि गरिँदै आएको संयोजक अधिकारीले बताउनुभयो । अभियान पश्चिम महाकाली पुगेर समापन हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |