धादिङ,१८ पुस
धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा वडा नम्बर ११ चापभज्यांगमा एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।नगरपालिकाबाट प्रवाह हुने सेवा तथा सुबिधा नगरबासीलाई गाउँगाउँमा उपलब्ध गराउने उदेश्यले एकिकृत घुम्ती शिविरको आयोजना गरीएको हो।शिविरमा १०० जनाको स्वास्थ्य परिक्षण तथा औषधी वितरण,९० जनाको आँखाको परिक्षण,८२ जनालाई बैदेशिक रोजगार र कानुनी परामर्श,४८ जनाले आयुर्वेद सेवा लिएका छन् ।
यसैगरी जेष्ठ नागरिक परिचय पत्र ५ जना लिएका छन्। १०९ घरधुरीले पशुपंक्षीको सेवा लिएका छन् जसमा ४९३ वटा बाख्रा,१२२ वटा भैँसी,४७ वटा गाईगोरु,३६५ वटा कुखुरा र १८ वटा बंगुलाई औषधी वितरण गरीएको प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।
यसैगरी शिविरमा घटना दर्ता ६ वटा,अपाङ्गता परिचय पत्र १ वटा,पशु बन्ध्याकरण २ वटा,१४ जटा पशुको गोवर परिक्षण गरिनुका साथै ४१ वटा कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको उपाध्यायले जानकारी दिनुभयो ।नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको शिविरमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको उद्घाटन सत्रमा सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठ,कार्यपालिकाका सदस्यहरु, शाखा प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो । शिविरको नीलकण्ठ नगर पालिकाका उप मेयर दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले अनुगमन गर्नुभएको छ ।यसैगरी वडा नम्बर ११ मा सन्चालन भएको मेयर उद्यमशिलता कार्यक्रम अन्तरगतको ७ दिने व्यवसाय सचेतना सुरु तालिम पनि आजै समापन भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |