धादिङ,११ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङमा सातदिने व्यवसाय सचेतना तालिम सुरु भएको छ। नीलकण्ठ नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्ष २०८०\०८१ मा कार्यान्वय हुने गरी स्वीकृत भएको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत तालिम सुरु गरीएको हो।नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा प्रत्येक वडाका २५ जनाको सहभागिता रहने गरी तालिम सन्चालन गरिने प्रशिक्षक सम्झना भण्डारीले जानकारी दिनुभएको छ ।
पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । व्यवसाय सन्चालन गर्नको लागि नगरबासीहरुलाई सहयोग गर्ने उदेश्यले तालिमको आयोजना गरीएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो
। सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्ने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको सुवेदीले बताउनुभयो। नगरबासीहरुलाई उद्यमी बनाउने उदेश्यले मेयर उद्यमशिलता कार्यक्रम सुरु भएको प्रशिक्षक सरोज तिवारीले जानकारी दिनुभयो ।
सात दिन सम्म विज्ञ व्यक्तीहरुबाट सहजिकरण गरिने नीलकण्ठ नगरपालिकाले जनाएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा सुरु भएको भएको तालिममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेयर भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारी प्रशिक्षक तथा नीलकण्ठ नगरपालिका सामी कार्यक्रममा सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी,नेपाल पत्रकार महासंघक अध्यक्ष राजाराम शर्मा,धादिङ सञ्चार प्रालीको अध्यक्ष बद्री अधिकारीको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |