प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङबेशी । हाम्रो संस्कृति हाम्रो परम्परा, हाम्रो पहिचान भन्ने मुल नाराका साथ झिगु नेवा समाज धादिङको बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।
झिगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा भएको तेस्रो अधिबेशन बाट राज कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय नया कार्य समिति चयन भएको छ ।
मंगलबार सम्पन्न अधिबेशन बाट गठित समितिको उपाध्यक्षमा हरि कुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ,कोषाध्यक्षमा बिनोद कुमार श्रेष्ठ,सह सचिवमा लिला श्रेष्ठ रहेका छन् ।त्यसैगरि सदस्यहरुमा आचल श्रेष्ठ,रामकृष्ण अमात्य,सप्तमाया श्रेष्ठ,नारायण श्रेष्ठ,शोभा डङ्गोल,छलमाया श्रेष्ठ,जगत बहादुर श्रेष्ठ र अमित शाक्य रहेका छन् ।
अधिबेशनले रामकृष्ण अमात्यको संयोजकत्वमा धिमे बाजा उप समिति, नारायण कुमार श्रेष्ठको संयोजकत्वमा लाखे जात्रा संचालन उप समिति,आचल श्रेष्ठको संयोजकत्वमा मिसाखल समिति चयन समेत गरेको छ ।
कार्यक्रम कै अवसर पारेर यमरी बनाउन सिकाई यमरी पुन्ही पनि मनाएको छ । धादिङका नेवार समुदायले आफ्नो सँस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले यमरी पुन्हीको अवसरमा यमरी मनाउन सिकाएको आयोजक संस्थाले नीलकण्ठ एफ.एम.लाई जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |