धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले धादिङ अस्पताल सहित १० वटा अस्पतालको स्तरउन्नती गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार पौष ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जना (प्राबिधीक सहित ) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दे हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको हो ।
यसरी स्तरउन्नती हुने अस्पतालहरुमा धादिड अस्पताल (धादिडबेशी) १०० बेड, त्रिशुली अस्पताल (नुवाकोट) १०० बेड, हेटौडा अस्पताल (मकवानपुर) ३०० बेड, सिन्धुली अस्पताल (सिन्धुली) १०० बेड, भक्तपुर अस्पताल (भक्तपुर) ३०० बेड, बकुलर अस्पताल (चितवन) १०० बेड, सिन्धुपाल्चोक अस्पताल (सिन्धुपाल्चोक ) ५० बेड, रामेछाप अस्पताल (रामेछाप) ५० बेड,पशुपति चौलागाई अस्पताल (दोलखा) ५० बेड, मेथिनकोट अस्पताल (काभ्रे) ५० बेड रहेका छन् ।
बैठकले स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
सोहि बैठकले प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |