प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता : महिला र बालबालिकामा लगानिको एक्यबद्धता भन्ने नाराका साथ अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा लिङ्ग र लैङ्गिता बिचको भिन्नता, संविधानमा उल्लेख भएका हक अधिकारहरु लगायत समानता र समताको विषयमा छलफल गरिएको थियो । सहकारीका प्रतिनिधिहरु, आमा समुहका अध्यक्ष, महिला स्वयसेविकाहरु ल्गायतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा कविता इटनीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सिता माया चोदेनले पहिलाको तुलनामा हिंसा धेरै नै नियन्त्रण भइसकेको भन्दै सक्षम महिला नेत्री उत्पादन हुनको लागि समय अनुसार परिवर्तन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले अझै पनि पालिका भित्र लैङ्गिक हिंसाका घटनाहरु घटी रहेकोले प्रत्येक वडामा लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियानको कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको सभाहलमा बसेर मात्र हिंसा न्युनिकरण नहुने भन्दै आगामी दिनमा वडा, टोल र विद्यालय स्तरमा गएर सचेतना कार्यक्रम संचालन गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले समाजमा धेरै कुरा परिवर्तन हुँदा पनि हिँसा अहिले पनि विद्यमान रहेकोले हिंसा न्यनिकरण गर्नको लागि सबैजना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सबै क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व बढिरहे पनि जुन गतिमा हुनुपर्ने हो त्यो नभएको उहाँको भनाई छ।
गाउँपालिका उपाध्यक्ष सिता माया चोदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको विशेष आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |