निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,१५ मंसिर
गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्व र अन्य जनप्रतिनिधिहरुको सहभागितामा गल्छी गाउँपालिकामा ताला बन्दी गरीएको छ । मंसिर ६ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने हुँदाहुदै पनि मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै तालाबन्दी गरीएको हो ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाएको दुई हप्ता नबिप्दै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै गल्छी गाउँपालिकामा विवाद भएको हो । नयाँ प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक आज हाजिर गर्न भन्दै गल्छी गाउँपालिकामा आउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत हुँदाहुदै अर्को प्रमुख प्रशासकीयलाई हाजिर गर्न नदिने भन्दै तालाबन्दी गरीएको हो ।

गाउँपालिका अध्यक्ष समक्ष असन्तुष्ट पक्षहरुले छोटो समयमै के कारणले नयाँ प्रशासकीय प्रमुख गाउँपालिकामा ल्याईयो भन्ने विषयमा कारण माग्दै ताला लगाईएको गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीले जानकारी दिनुभयो । कर्मचारी हुँदा हुदै किन अर्को कर्मचारी ल्याउन लागेको भन्ने प्रश्नमा गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले आफुले मात्र चाहेर ल्याउन नसकिने भन्दै मन्त्रालयलेनै पठाएको बताउनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |