प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ,१३ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ मा आजदेखी सातदिने व्यवसाय सचेतना तालिम सुरु भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्ष २०८०÷०८१ मा कार्यान्वय हुने गरी स्वीकृत भएको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत तालिम सुरु गरीएको हो । कार्यक्रमका सामी कार्यक्रम सामाजिक परिचालन अधिकृत तथा प्रशिक्षक सम्झना भण्डारी,वडा सचिव लगायत वडा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा प्रत्येक वडाका २५ जनाको सहभागिता रहने गरी तालिम सन्चालन गरीएको प्रशिक्षक सम्झना भण्डारीले जानकारी दिनुभएको छ । यसअघि नीलकण्ठ नगरपालिका वडा नम्बर ३,१२,२ र ५ वडामा कार्यक्रम सम्पन्न भएको छ । बाँकि वडाहरुमा क्रमश तालिम सन्चालन गरिने छ ।पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने सम्झना भण्डारीले जानकारी दिनुभयो ।सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्नेछ ।पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको छ । आजदेखी सुरु भएको तालिम ७ दिन सम्म सन्चालन हुनेछ ।सात दिन सम्म विज्ञ व्यक्तीहरुबाट सहजिकरण गरिने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |