बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङबेशी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रिय सचिव तथा बागमती प्रदेशको उपाध्यक्षमा धादिङका बिमल तामाङ चयन भएका छन् । असोज १९ गते बसेको संगठनको केन्द्रिय कार्यालयको एघारौ बैठकले तामाङलाई उक्त जिम्मेवारी दिएको हो ।
रुवीभ्याली गाउँपालिका वडा न ५ लापा ठुलोगाउँ निवासी बिमल तामाङ कक्षा ६ देखिनै संगठनमा आवद्ध भएका थिए । २०६६ सालमा तामाङ खर्क मावि गुम्दी बाट एस एल सी दिएका तामाङले अमरज्योती उच्च मावि गोरखामा साईन्स पढेका थिए ।
पछि नीलकण्ठ ईकाई कमिटिको सदस्य बाट संगठनमा थप क्रियाशिल भएका तामाङले जिल्ला उपाध्यक्ष, जिल्ला संयोजक हुदै केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भैसकेका छन् ।
केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेशको उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिरहेका तामाङलाई हाल केन्द्रिय सचिव तथा बागमती प्रदेशका उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रिय कार्यालयको बैठक नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा जवस ईन्चार्ज पम्फा भुषालको प्रमुख आतिथ्यतामा पार्टीका केन्द्रिय सदस्य तथा संगठनका फ्याक्सन ईन्चार्ज हिमाल शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |