वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,१९ असोज ।
धादिङमा आज ९ जना डेंगुका संक्रमित थपिएका छन् । बिहीबार नीलकण्ठ नगरपालिकाका ४ जना र बेनीघाट रोराङ गाउँपालिकाका ५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज ९ जना थपिएसँगै जिल्लामा डेंगु संक्रमित हुनेको संख्या ३२ सय ३९ पुगेको छ । जसमा १६ सय ७६ जना महिला र १५ सय ६३ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २६ सय ३३ जना संक्रमित रहेका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा १४८ जना, सिद्धलेकका १२७ जना, बेनीघाट रोराङका ९८ जना, त्रिपुरासुन्दरीका ७३ जना, संक्रमित रहेका छन् ।
त्यसैगरी गजुरीमा ३४, गंगाजमुनामा २९ जना, खनियावासमा २०, रुवीभ्यालीमा १९ जना, नेत्रावती डबजोङमा १७ जना, गल्छीमा १४ जना, धुनीबेशीमा १३ जना र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेको स्वाथ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |