Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

५९४ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ५, शुक्रबार (१ साल अघि)
अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

काठमाडौँ, ५ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने बताउनुभएको छ । आज युनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादका अवसरमा उहाँले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उहाँले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताउनुभयो । “सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ”, उहाँले भन्नुभयो ।
मन्त्री शर्माले सूचना प्रविधिमा आधारित उत्पादन वृद्धि र रोजगार प्रवद्र्धनका लागि सङ्घीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित भएको भन्दै प्रदेश र स्थानीय तहलाई पनि यसका लागि मन्त्रालयले प्रोत्साहन गरिरहेका बताउनुभयो । पूर्वाधारको पहिलो सर्त ‘कनेक्टिभिटी’ भएकाले मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच विस्तार गर्दै सूचना प्रविधि ज्ञान पार्क स्थापना गर्न सकियो भने देशका जुनसुकै ठाउँमा बसेर पनि सूचना प्रविधिमा आधारित उद्यम सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “जहाँसम्म दिगो रोजगारी र आर्थिक वृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्ने सवाल छ, यो महत्वपूर्ण विषय हो”, उहाँले भन्नुभयो, “जसरी अहिले सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढेको छ, यसले स्वतः सूचना प्रविधिमा आधारित कारोबार पनि बढाएको छ ।
हामीले अहिलेसम्म आयातित सूचना प्रविधिका उत्पादन बढी प्रयोग गरिरहेका छौँ, अब हामीले देशभित्रै सूचना प्रविधिमा आधारित उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने बेला आएको छ ।” नेपालमा सूचना प्रविधिमा आधारित रोजगारी र स्वरोजगारी बढ्दै गएको उल्लेख गर्दै उहाँले सरकारले चालु आवको बजेटदेखि पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने, सूचना प्रविधिको उद्योगमा वैदेशिक लगानीको सीमा हटाउने, देशभित्रै बसेर सूचना प्रविधिको सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिनेलगायतका व्यवस्था गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।
सरकारी सेवामा दक्ष जनशक्ति आकर्षित गर्न निजामती सेवामा अलग्गै ‘सूचना प्रविधि’ समूह बनाएर सङ्घीय निजामती विधेयक अघि बढाइएको उल्लेख गर्दै उहाँले उनीहरुको क्षमता विकासका लागि सूचना प्रविधि स्टाफ कलेजलगायतका संरचनाबारे पनि योजना बनाइरहेको उहाँको भनाइ छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

  • ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

  • कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

  • समाचार
    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0