नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
काठमाण्डौ,२१ भदौ
काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बुधवारदेखि अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ ।अस्पतालले ६४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि लागू हुने गरी अनलाइन टिकटको व्यवस्था शुरु गरेको हो । यस्तै अस्पतालले एउटा बिलिङ र एउटा टिकट काउन्टरसमेत थप गरेको छ । अस्पतालले फार्मेसी काउन्टर पनि थपेको छ ।
अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूका लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ चार सय ५० शय्या निःशुल्क गरेको बताउनुभयो । प्रसूति अस्पतालमा गएको आर्थिक वर्ष ३४ हजार एक सय ८५ जना बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार नौ सय ४७ र स्त्रीरोगतर्फ पाँच हजार ४६ जना रहेका छन् । एक वर्षमा २४ हजार नौ सय १५ जना शिशु जन्मिएका छन् ।
अस्पतालबाट एक वर्षमा एक लाख ८० हजार आठ सय ९० जना महिलाले बहिरङ्ग सेवा लिएका छन् । यस्तै एक हजार सात सय ७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्त्रीरोग अस्पताल २०१६ साल भदौ १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्यासहित शुरु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |