धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
काठमाण्डौ,२१ भदौ
काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बुधवारदेखि अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ ।अस्पतालले ६४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि लागू हुने गरी अनलाइन टिकटको व्यवस्था शुरु गरेको हो । यस्तै अस्पतालले एउटा बिलिङ र एउटा टिकट काउन्टरसमेत थप गरेको छ । अस्पतालले फार्मेसी काउन्टर पनि थपेको छ ।
अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूका लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ चार सय ५० शय्या निःशुल्क गरेको बताउनुभयो । प्रसूति अस्पतालमा गएको आर्थिक वर्ष ३४ हजार एक सय ८५ जना बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार नौ सय ४७ र स्त्रीरोगतर्फ पाँच हजार ४६ जना रहेका छन् । एक वर्षमा २४ हजार नौ सय १५ जना शिशु जन्मिएका छन् ।
अस्पतालबाट एक वर्षमा एक लाख ८० हजार आठ सय ९० जना महिलाले बहिरङ्ग सेवा लिएका छन् । यस्तै एक हजार सात सय ७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्त्रीरोग अस्पताल २०१६ साल भदौ १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्यासहित शुरु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |