Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

‘वृहत खोज र खोप अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

६०२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २४, बुधबार (२ साल अघि)
‘वृहत खोज र खोप अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उहाँले बताउनुभयो । प्रमुख डा गौतमका अनुसार गत वैशाख १५ र ३१ गते अभियान सञ्चालन गरिएको थियो । उहाँका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने खोपको एक मात्रा पनि नलगाएका दुई हजार ९० बालबालिकालाई पहिलो पटक खोप प्रदान गरिएको छ । 

कुनै एक वा सोभन्दा बढी मात्रा खोप लगाउन छुटेका ३८ हजार तीन सय ७३ बालबालिकालाई विभिन्न नौ किसिमका १३ रोगविरुद्ध १८ मात्रा खोप प्रदान गरिएको प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चार हजार छ सय सात स्थानबाट खोप प्रदान गरिएको थियो ।

प्रमुख डा गौतमले नियमित खोप लगानुपर्ने समयमा नलगाएका बालबालिकालाई अहिले लगाइएको खोप कम प्रभावकारी भए पनि काम गर्ने बताउनुभयो । “जुन उमेर/समयमा खोप लगाउनुपर्ने हो त्यसबेला नलगाएर अहिले लगाउँदा खोपको प्रभाव पहिला लगाउँदाको जस्तो नहुन सक्छ” उहाँले भन्नुभयो, “तर छुटेको खोप अहिले लगाउँदा पनि काम भने गर्छ ।” पहिले ९५ देखि सतप्रतिशत खोपको प्रभाव हुनेमा अहिले ८० प्रतिशतसम्म काम गर्ने उहाँको भनाइ थियो ।

मधेश प्रदेशमा कुनै एक मात्र पनि नियमित खोप नलगाएका बालबालिका बढी रहेका पाइएको प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि खोप नलगाउनेमा  मधेशमा एक हजार तीन सय १६, लुम्बिनीमा दुई सय ९५, वागमतीमा एक सय ७६, कोशीमा एक सय ६०, सुदूरपश्चिममा एक सय पाँच, कर्णालीमा २९ र सबैभन्दा कम गण्डकीमा नौ जना रहेका छन् ।

पूर्ण मात्रा खोप लगाउँदा स्वास्थ्यमा हुने फाइदा तथा खोप लगाइने स्थान र समयको बारेमा पर्याप्त जानकारी नहुनु, खोप सेवाका बारेमा प्रभावकारी परामर्शको कमी, कतिपय समुदाय÷स्थानमा खोपप्रतिको गलत बुझाइलगायत कारणले बालबालिका नियमित खोपबाट वञ्चित भएका मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमण फैलिएका समयमा बन्दाबन्दी ९लकडाउन०ले गर्दा पनि बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । उहाँले खोप लगाउन छुटेका बालबालिकाका लागि प्रत्येक वर्ष नियमित खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ का अनुसार जन्मेदेखि पाँच बर्ष मुनिका ५२ प्रतिशत बालबालिकाले पूर्ण, ४८ प्रतिशतले अपूर्ण र चार प्रतिशतले कुनै पनि खोप लगाएका छैनन् । उक्त सर्वेक्षण अनुसार एक वर्षमुनिका ८० प्रतिशतले बालबालिकाले पूर्ण खोप लगाएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

  • विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

  • धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

  • भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

  • समाचार
    आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0