धादिङ, १८ साउन ।
धादिङमा आज ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । बिहीबार नीलकण्ठ नगरपालिकाका ५३ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, गंगाजमुना, नेत्रावती डबजोङमा २÷२ जना र सिद्धलेक गाउँपालिकामा १ जना गरी ६२ जना डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन महिनामा धादिङका ७२७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमा ३३८ जना महिला रहेका छन् भने ३८९ जना पुरुष रहेका छन् ।
धादिङका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै ६५७ जना संक्रमित भएका छन् । ज्वालामुखी गाउँपालिकामा १९ जना, त्रिपुरासुन्दरीमा ९ जना, गंगाजमुना र सिद्धलेकमा ८/८ जना, खनियाबासमा ७ जना, बेनीघाट रोराङ ६ जना, नेत्रावती डबजोङमा ५ जना, रुवीभ्यालीमा ४ जना, गल्छीमा २ जना र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |