निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ, १८ साउन ।
धादिङमा आज ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । बिहीबार नीलकण्ठ नगरपालिकाका ५३ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, गंगाजमुना, नेत्रावती डबजोङमा २÷२ जना र सिद्धलेक गाउँपालिकामा १ जना गरी ६२ जना डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन महिनामा धादिङका ७२७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमा ३३८ जना महिला रहेका छन् भने ३८९ जना पुरुष रहेका छन् ।
धादिङका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै ६५७ जना संक्रमित भएका छन् । ज्वालामुखी गाउँपालिकामा १९ जना, त्रिपुरासुन्दरीमा ९ जना, गंगाजमुना र सिद्धलेकमा ८/८ जना, खनियाबासमा ७ जना, बेनीघाट रोराङ ६ जना, नेत्रावती डबजोङमा ५ जना, रुवीभ्यालीमा ४ जना, गल्छीमा २ जना र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |