धादिङ,८ साउन ।
थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कोठामा लागेको ताला खोल्ने सहमती भएको छ । आज गाउँपालिकाको अध्यक्ष रामकुमार आर्चायको अध्यक्षतामा बसेको बैठकले ताला खोल्नु सहमती गरेको हो । थाक्रे गाउँपालिकामा काम गर्ने क्रममा उठेको जनगुनासोहरु मध्येनजर गर्दै उक्त गुनासो प्रति यर्थाथ,सत्य,के हो छानबीन गरी दोषिलाई कारबाही गर्ने प्रतिबद्धता गर्दै उपाध्यक्षको नेतृत्वमा लगाईएको ताला खोल्न सहमती भएको हो ।
आजै थाक्रे गाउँपालिकाका नागरिक अगुवाहरुले गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । विभिन्न बुँदाहरुमा स्पष्ट सुचना माग गर्दै समस्या समाधान गरी जनताहरुको काम नरोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएको सामाजिक अभियन्ता गाोकर्ण रुपाखेतीले जानकारी दिनुभयो । नागरिक अगुवाहरुको ध्यानाकर्षण पत्र बुझे लगत्तै थाक्रे गाउँपालिकाको टिमको बैठक बसेको थियो । बैठकमा अहिले सम्म उठेका कुराहरुको विषयमा छलफल गर्दै अहिले सम्म भएको विवादलाई छानविन गरी जनताको पक्षमा काम गर्ने प्रतिबद्धता गर्दै ताला खोल्ने सहमती गरेको हो । यसअघि पनि थाक्रे गाउँपालिकामा पटक पटक ताला लाग्दै आएको छ ।
नागरिक अगुवाहरुले पालिकामा अन्तर संघर्षका कारण पटक पटक तादाबन्दी भई नागरिकले निर्वाध रुपमा प्राप्त गर्न पाउनु पर्ने सेवा अबरुद्ध भएको, पालिकाको सेवा प्रवाह र अनियमितताका सवालमा आमरुपमा उठदै आएका जनगुनासोको साम्बोधन तथा सुशासन कायम गर्न जनतासामु छर्लङ्ग गनुपर्ने,पालिकाले सम्पादन गरिरहेका आर्थिक कार्यक्रम, नीतिगत निर्णय,बेरुजुका परिणम,निर्णय प्रकृया,योजना कार्यान्वयनमा रहेका अपारदर्शिता, उपभोक्ता समिति मार्फत गरिने कामको अनिमितता कार्यशैली र पक्षपात पूर्ण व्यवहारका विषयमा गम्भीर प्रश्न उठिरहेको कुरालाई ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै अध्यक्ष र उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सामाजिक तथा राजनितिक अभियान्ताहरु नेत्रराज पौडेल,गोकर्ण रुपाखेती, कृष्ण पन्त, पृर्व वडा अध्यक्ष रवि प्रकाश ओझा लगायत अन्य नागरिकहरुको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |