वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,०८ साउन ।
धादिङका थप ३८ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका ३६ जना, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका १÷१ जना गरी ३८ जनामा डेँगु संक्रमण पुष्टि भएको हो । संक्रमिमध्ये २२ जना पुरुष र १६ जना महिला रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
साउन १ गते देखि जिल्लामा संक्रमित हुनेको संख्या १९७ पुगेको छ। जसमा १०८ जना पुरुष र ८९ जना महिला रहेका छन्। कुल संक्रमितमध्ये १८६ जना नीलकण्ठ नगरपालिकाका मात्रै रहेका छन् ।
त्यसैगरी जिल्लाको ज्वालामुखी गाउँपालिकामा ३ जना, गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिकामा २÷२ जना, बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, गंगाजमुना र रुवी भ्याली गाउँपालिकामा १÷१ जना संक्रमित भएकास छन् ।
साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ । डेङगु लामखुट्टेबाट सर्ने रोग हो । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |