बिगतमा बैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका र स्थानीयस्तरमै आयमुलक ब्यवसायमा संलग्न भई स्वरोजगार उन्मुख हुन चाहने नागरिकहरुलाई बिदुर नगरपालिकाले अनुदान उपलब्ध गराउन थालेको छ । यसरी बैदेशिक रोजगारीबाट फर्किएका बिदुर नगरपालिका भित्रका नागरिकहरुलाई सहयोग उपलब्ध गराउने कार्य बिहिबारबाट सुरु भएको छ । बिहिबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख राजन श्रेष्ठले चालु आर्थिक बर्षमा छनोट भएका ३३ जनालाई अनुदान स्वरुप जनही ४१ हजार रुपैयाँको चेक उपलब्ध गराए ।
त्यसक्रममा नगर प्रमुख श्रेष्ठले नागरिकलाई स्वरोजगार उन्मुख बनाई रोजगारीकै लागि बिदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि नगरपालिका आवश्यक रणनीति तयार गरेर अघि बढिरहेको स्पष्ट पारे । नागरिकहरुमा उद्यमशीलताको भावना बिकास गरी त्यस मार्फत समृद्ध नगरपालिकाको समेत परिकल्पना गरिएको र नागरिकका माग र आवश्यकताका आधारमा आवश्यक कार्यक्रमहरु संचालन गरिने समेत नगर प्रमुख श्रेष्ठको भनाई थियो ।
विदुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा संचालित यस प्रकारको कार्यक्रमले नागरिकलाई रोजगारीका लागि बिदेशिनुपर्ने बाध्यताको अन्त्यका साथसाथै स्थानीयस्तरमै रोजगारीको अभिबृद्धी तथा पारिवारिक र सामाजिक सद्भावको वातावरण समेत मजबुत बन्ने उपप्रमुख प्रभा बोगटीको बिश्वास छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |