वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । धादिङबेशी आसपासका खोलानालामा सरसफाई अभियान संचालन गरिएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा नगर प्रहरी, नेपाल प्रहरी, टोल सुधार समिति, निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको समुहले प्रत्येक शनिबार थोपल खोला तथा अरुङखोला आसपासमा सरसफाई अभियान संचालन गरेको हो ।
धादिङ जिल्लाको मुटु भनेर चिनिने नीलकण्ठ नगरपालिकालाई फोहोर मुक्त नगर बनाउने उदेश्यका साथ अभियान कै रुपमा सरसफाई कार्यक्रम संचालन गरिएको टोल सुधार महासमितिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो । बर्खायाम सुरु भए संगै डेगु लगाएतका संक्रामक रोग बढ्ने खतरालाई समेत मध्यनजर गर्दै सरसफाई अभियान संचालन गरेकोे नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद रिजालले बताउनुभयो । नगरबासीले थप सहभागीता जनाई यो अभियानलाई सार्थकता दिनुपर्ने उहाँको भनाई छ ।
पहिलो चरणमा थोपलखोलामा सरसफाईमा कार्यक्रम गरी अहिले अरुङखोलामा अभियान जारी रहेको छ । घरबाट निस्केको फोहोरहरु खोलानालामा नफाल्न र फोहोर बाक्ने गाडी नआईकन घरबाहिर फोहोर नराख्न नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने बजारबासीलाई आग्रह गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |