वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । नेत्रावती डवजोङ गाउपालिकाले पुर्णखोप गाउपालिका सुनिश्चतता कार्यक्रम सम्पन्न गरेको छ ।
नेत्रावती डवजोङ गाउपालिका खोप समन्वय समितिका संयोजक मेघनाथ रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष सितामाया चोदेन,प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह,जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद रिजाल,धादिङ अस्पतालका निमित्त मेसु रुद्ध्रमणी भण्डारी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि तथा स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. नरेन्द्र कुमार झाले पुर्णखोप सुनिश्चितता कार्यक्रम एक पटक घोषण गरेर मात्र नहुने भन्दै निरन्तर रुपमा यस किसिमको कार्यक्रम हनुपर्ने बताउनु भएको छ । उहाँले आवश्यकिय खोप सवैमा नपुगेमा महामारी आउने भन्दै खोप सुनिश्चितता कार्यक्रम नियमित रुपमा हनुपर्ने बताउनु भएको छ ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद रिजालले पालिकाले हाल गरेको शिक्षा, स्वास्थ्य,कृषि लगाएतको क्षेत्रको बिकास सन्तोषजनक रहेकोले आगामी दिनमा यसलाई कायम राख्दै निरन्तरता दिनुपर्ने बताउनु भएको छ । नेत्रावती डवजोङ गाउपालिका भित्र रहेका ५ वटै वडामा १६ महिनादेखी २३ महिना सम्मका बालबालिकाले पुर्णखोप सवैलले लगाएको प्रत्येक नागरिकको घरघरमा गएर खोप कार्ड हेरेर तथ्याङ्कको आधारमा पुर्ण खोप सुनिश्चितता गरिएको नेत्राावती डवजोङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पोडेलले बताउनु भयो ।
कार्यक्रममा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले पुर्णखोपलाई निरन्तर रुपमा सम्पन्न र सफल गर्नको निमित महिला स्वास्थ्य स्वयमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै आगामी दिनमा पनि नयाँ जन्मेका बालबालिकाहरुको खोजि गरि पुर्णखोप दिन दत्तचित भएर लाग्न गाउपालिका भित्रका स्वाथ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |