धादिङ । देशभरका ७ सय ५३ स्थानिय तह मध्ये धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पहिलो पटक पालिका स्तरीय पोषण सुधार केन्द्रको स्थापना गरिएको छ । सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ चरौदीमा एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. नरविक्रम थापाले पोषण सुधार केन्द्रको समुद्घाटन गर्नुभएको हो ।
अस्पतालहरुबाट यो सेवा आंशिक रुपमा पाए पनि स्थानीय सरकार आफैले संचालनमा ल्याएको यो पहिलो पटक हो । स्थापना भएको पोषण केन्द्र बाट न्यून पोषणको रोकथाम, स्तनपानलाई सघाउने, शिशुलाई अतिरिक्त खाना एवं सूक्ष्म पोषण उपलब्ध गराउने काम हुनेछ ।
पोष्णकेन्द्र सञ्चालनमा आए सँगै एक पटकमा १० देखि २० कुपोषित बालबालिका र बुबा आमामध्ये एक जना राखेर ६० दिन पोषणयुक्त खाना खुवाउन र दक्ष चिकित्सकले स्वास्थ्य परीक्षण गर्न सकिने छ । बेनीघाट रोराङ गाउँपालिकामा पाँच ५ मुनिका २ हजार ८ सय बालबालिका छन् । तीमध्ये करिब ५० जना अति कुपोषित, ७५ जना मध्यम कुपोषित र २ सय ५० जना सामान्य कुपोषित रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |