धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा जेष्ठ नागरिक शिविर सम्पन्न भएको छ । गाउँघरका मानिसहरु जटिल अवस्था आएपछि मात्र स्वास्थ्य जाँच गर्न स्वास्थ्य संस्थाहरुमा जाने गरेकोमा रोगहरु पहिचान गरि सामान्य अवस्थामा नै औषधी उपचार गर्न सहयोग पुगोस भन्ने उदेश्यले शिविर संचालन गरिएको थियो ।
शिविरमा सवै वडाको गरी ३८३ जना महिला र १३८ जना पुरुष गरी जम्मा ५२१ जनाले स्वास्थ्य जाँच गराएका थिए । जेष्ठ १४ गते देखि सुरु भएको शिविरमा गाउपालिकाको पाँच वटै वडामा संचालन भएको थियो । गाउपालिकाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुगोस भनि हरेक ३ /३ महिनामा जेष्ठ नागरिक शिविर संचालन गर्दै आएको छ ।
डा. उत्तम कुमार थापाको नेतृत्वमा संचालन गरिएको शिविरमा जेष्ठ नागरिकहरुलाई सुगर, प्रेसर लगाएतका सामान्य रोगको औषधी समेत बितरण गरिएको थियो ।
गाउपालिकाले जेष्ठ नागरिक शिविर संचालन गरेकोमा स्थानियहरु खुसी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |